४ जेठ, २०८१ शुक्रबार

10:54:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एप्पल मोबाइलको भ्यालेन्टाइन डेमा मोबाइल एक्सचेञ्ज अफर, शुन्य ब्याजदरमा मोबाइल खरिद गर्न सकिने

२ फागुन, २०७८

एप्पल मोबाइलको भ्यालेन्टाइन डेमा मोबाइल एक्सचेञ्ज अफर, शुन्य ब्याजदरमा मोबाइल खरिद गर्न सकिने

काठमाण्डौं

एप्पल वर्ल्र्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ ।  

मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा दश हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा खरिद गर्न सकिनेछ । एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो, कुल प्याड लगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ ।

एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जोडीले नै दुई वटा मोबाइल खरिद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पड लगायतका उपहारहरु निशुल्क पाउनेछन् ।’

उहाँका अनुसार यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ । एप्पल वर्ल्ड मोबाइलमा विभिन्न ब्राण्डका स्मार्टवाच समेत उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । मल्लका अनुसार एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्रहीले किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्ने छन् ।

साथै ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरुको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले जानकारी दिनुभयो । सबै प्रकारका ब्राण्डेड एक्सेसरिज तथा म्याकबुक समेत सेवाग्राहीको अगाडी नै मर्मत हुने उहाँले बताउनुभयो ।