४ जेठ, २०८१ शुक्रबार

07:52:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त

Nepal Business

२ फागुन, २०७८

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त

काठमाण्डौं

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त हुनुभएको छ । कम्पनीले विज्ञप्तीमार्फत शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएको हो । 

शाहले भन्नुभयो, ‘हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’

यसअघि हिमालयन जनरल ईन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आउनुभएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गर्नुभएको थियो । उहाँको कार्यकालमा यस कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरि व्यवसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको कम्पनीले जनाएको छ । 

हिमालयन जनरल ईन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध हुनुहुन्थ्यो। उहाँले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिनुभएको थियो ।

हिमालयन जनरलईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले भन्नुभयो, ‘बीमा क्षेत्रमा वहाँँको राम्रो अनुभव र बुझाई छ। उहाँको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा पु¥याउन उहाँको उल्लेखनीय योगदान रहनेछ। उहाँबाट नर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिती विश्वस्त रहेको छ ।’