१७ बैशाख, २०८१ सोमबार

11:16:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर

२ फागुन, २०७८

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर

काठमाडौं
नबिल बैंक लिमिटेडले फागुन १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६ दशमलव ०३ प्रतिशतदेखि ८ दशमलव ०३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

त्यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १० दशमलव ०३ प्रतिशत ब्याज दिने भएको भने ब्यक्तिगत तर्फ ११ दशमलव ०३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । साथै, बैंकले रेमिटेन्स बचत खातामा ९ दशमलव ०३ प्रतिशत ब्याज दिने छ ।