१७ बैशाख, २०८१ सोमबार

01:41:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २ वटा बैंकको बोनस सेयर सूचिकृत, कुन बैंकको कति कित्ता ?

१ फागुन, २०७८

नेप्सेमा २ वटा बैंकको बोनस सेयर सूचिकृत,  कुन बैंकको कति कित्ता ?

काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमामा लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको छ ।

 बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।  उक्त बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, नेप्सेमा बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।