४ जेठ, २०८१ शुक्रबार

10:54:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिशहोम फाइबरनेटको सहवितरक सोरुम सतुङ्गलमा

१ फागुन, २०७८

डिशहोम फाइबरनेटको सहवितरक सोरुम सतुङ्गलमा

काठमाडौं
डिशहोम फाइवरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सहवितरण सोरुम संचालन गरेको छ । माघ २७ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले गर्नेछ ।

शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटा, मार्केटिङ डिपार्टमेन्टबाट दिनेश रतन र अनिल ठाकुर तथा सीएम ट्रेडिङका तर्फबाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट र सेल्स अफिसर विक्रम लामाको उपस्थिति रहेको थियो।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको ईलेक् ट्रोहोम डिटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।