१७ बैशाख, २०८१ सोमबार

02:08:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२०७२/०७३ को नगद लाभांश लिन सेयरधनीहरुलाई सिटिजन्स बैंकको अनुरोध

१ फागुन, २०७८

२०७२/०७३ को नगद लाभांश लिन सेयरधनीहरुलाई सिटिजन्स बैंकको अनुरोध

काठमाडौं
सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई लिन बाँकी रहेको पुराना लाभांश लिन अनुरोध गरेको छ । बैंकले आर्थिक वर्ष २०७२/०७३ को नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

बैंकले आज एक सुचना प्रकाशन गर्दै उक्त नगद लाभांश रकम सुचना जारी गरेको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सि.बि.आई.एल.क्यापिटल लि. बाटुलेघर डिल्लीबजारमा आवश्यक कागजात सहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सो समयमाभित्र पनि नगद लाभांश लिन नआएमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सुचनामा उल्लेख छ ।