४ जेठ, २०८१ शुक्रबार

09:04:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल टेलिकमको नाफा बढ्यो, कति छ प्रतिसेयर आम्दानी ?

१ फागुन, २०७८

नेपाल टेलिकमको नाफा बढ्यो, कति छ प्रतिसेयर आम्दानी ?

काठमाडौं
नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । टेलिकमले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । टेलिकमले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ५० प्रतिशतले बढी हो। गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय ८ दशमलव ३६ प्रतिशत अर्थात १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँले बढेर १९ अर्ब २० करोड ७२ लाख १६ हजार रुपैयाँ पुगेकोे छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल आय १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार रुपैयाँले बढेर २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुगको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रुपैयाँ कुल आय गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार रुपैयाँले बढेर ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष ५ दशमलव २२ प्रतिशतले बढेर ७८ अर्ब ५८ करोड २८ लाख ९९ हजार रुपैयाँ रहेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ११ पैसाले बढेर ५१ रुपैयाँ ९७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ८६ पैसा रहेको थियो । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ रुपैयाँ रहेको छ ।