१७ बैशाख, २०८१ सोमबार

09:41:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२० दशमलव ७३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

१ फागुन, २०७८

२० दशमलव ७३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

काठमाडौं
नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार दोस्रो त्रैमासमा कोषको खुद नाफा २० दशमलव ७३ प्रतिशतले बढेर ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३२ करोड २५ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १९दशमलव ५७ प्रतिशतले बढेर ५८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी ४९ करोड ११ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १९ दशमलव ११ प्रतिशतले बढेको छ भने कुल खर्च १४दशमलव ०५ प्रतिशतले बढेको छ । नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने प्रतिसेयर १५ रुपैयाँ ५० पैसाले घटेको छ। गत बर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३२ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पूँजी ९९ दशमलव ३१ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २० अर्ब ८९ करोड १३ लाख १६ हजार रुपैयाँ जम्मा रहेकोे छ ।