२६ बैशाख, २०८१ बुधबार

12:56:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वित्तीय साक्षरता कार्यक्रम कति प्रभावकारी ?

Nepal Business

२० मंसिर, २०७८

वित्तीय साक्षरता कार्यक्रम कति प्रभावकारी ?

आम नागरिकलाई बैंकिङ पहुँचको विस्तारसँगै सुरक्षित बैंकिङ कारोबारका लागि 
सक्षम बनाउने उदेश्यले नेपाल बैंक लिमिटेडले साक्षारता कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
बैंकले भर्खरै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. १० को आयोजना तथा नेपाल बैंक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा बाल आदर्श माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमबाट आमसहभागीले 
वर्तमान बैंकिङ प्रविधि र यसको उपयोग सम्बन्धि ज्ञान हाँसिल गर्नेछन् । बैंकिङ पहँुच र सुरक्षित कारोबार गर्न यो कार्यक्रक उपयोगी हुने बैंकले बताइरहेको छ । 
अहिले पनौतीको खोपासी क्षेत्रलाई प्राथामिकतामा राखेर कार्यक्रम सञ्चालन गरेका छौ अव निरन्तर अन्य क्षेत्रमा पनि विस्तार गर्ने नेपाल बैंक बताउँछ ।
डिजिटलाइज बैंकिङ प्रणाली मार्फत कारोबार गर्दा सुरक्षित र सहज हुने तथा अहिलेको शेयर बजारको क्रेजलाई बुझ्न र प्रयोग गर्न सजिलो हुने भएकोले कार्यक्रममा उपस्थिति अधिक बढिरहेको बैंकले जनाएको छ ।