१७ बैशाख, २०८१ सोमबार

04:26:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संस्थापकलाई नगद लाभांश र सर्वसाधारणलाई बोनस सेयरमात्र पाउने विषयमा छलफल

२९ माघ, २०७८

संस्थापकलाई नगद लाभांश र सर्वसाधारणलाई बोनस सेयरमात्र पाउने विषयमा छलफल

काठमाण्डौ
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाका संस्थापक समूहका शेयरधनीहरूलाई बोनस शेयर नदिने नगद लाभांशमात्र दिने विषयमा छलफल शुरु भएको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकमा यस विषयमा छलफल चलेको हो । बैंक तथा वित्तीय संस्थामा शेयरधनीहरुलाई संस्थापक र सर्वसाधारण गरी दुई भागमा विभाजन गरिएको छ । 
कम्पनी स्थापनाको समयमा लगानी गर्ने लगानीकर्ताहरुलाई संस्थापक शेयरधनी मान्ने गरिएको छ । बैंक तथा वित्तीय संस्था स्थापना भई सञ्चालनमा आएको २ वर्ष पछि सर्वसाधराणलाई साधारण शेयर (आईपीओ) जारी गर्नुपर्ने व्यवस्था छ । आईपीओ जारी गरिएको शेयरलाई बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधराण समूहमा राख्ने गरेका छन् । यसरी दुई भागमा रहेका लगानीकर्ताहरु मध्ये संस्थापक समूहमा रहेका शेयरधनीलाई बोनस शेयर नदिने र नगद लाभांशमात्रै दिने विषयमा राष्ट्र बैंकमा छलफल चलिरहेको छ ।

सर्वसाधारणले बोनस शेयर पाउने र संस्थापकले नगद लाभांश पाउदै गर्दा विस्तारै सर्वसाधारणको शेयर स्वामित्व बढ्दै जान्छ । अहिले ५ अर्ब चुक्ता पुँजी भएको बैंक २५ अर्ब पुग्दा त्यहाँ बहुमत शेयर सर्वसाधारणको स्वामित्व पुग्छ ।

अहिले राष्ट्र बैंकमा सर्वसाधारण शेयरधनीहरुलाई  बोनस शेयर दिने तर नगद लाभांश नदिने भन्ने विषयमा छलफल चलिरहेको छ । यस प्रकारको प्रस्ताव सर्वप्रथम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले ल्याउनु भएको थियो। उपाध्यक्ष पौडेलले यो विषय अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दुबै जनालाई अवगत गराउनु भएको थियो। गभर्नर अधिकारी र अर्थमन्त्री शर्मा दुवै जन यस विषयमा सकारात्मक देदिनु भएको छ । 

‘संस्थापक समूहका शेयरधनीहरु नगद लाभांश पाए खुसी नै हुन्छन्, उता सर्वसाधारण समूह तर्फका शेयरधनीहरुको अपेक्षा भने बोनस शेयर नै हुन्छ’ उपाध्यक्ष पौडेलले भन्नुभयो, सर्वसाधारण र संस्थापक दुबै समूहका शेयरधनीका लागि यो हितकर हुने भएकाले केही नयाँ निर्णय हुन आवश्यक छ ।

पव्लिक कम्पनीलाई साच्चिकै पव्लिक बनाउनका लागि यसले धेरै राम्रो काम गर्ने उहाँको भनाइ छ । सर्वसाधारणले बोनस शेयर पाउने र संस्थापकले नगद लाभांश पाउदै गर्दा विस्तारै सर्वसाधराणको शेयर स्वामित्व बढ्दै जान्छ । अहिले ५ अर्ब चुक्ता पुँजी भएको बैंक २५ अर्ब पुग्दा त्यहाँ बहुमत शेयर सर्वसाधारणको स्वामित्व पुग्छ, यो धेरै राम्रो उपाय रहेको उहाँले बताउनु भयो । अहिले नेपालमा भएको सेयर संरचना सुधार गर्नै पर्ने विषय बेला बेलामा उठ्ने गरेको छ । अमेरिकामा समेत यस्तो सेयर संरचना छैन् । यसकारण पनि यो व्यवस्था गरेर सेयर संरचना परिवर्तन गर्नुपर्ने सुझाव उपाध्यक्ष पौडेलको छ ।