२५ बैशाख, २०८१ मंगलबार

09:05:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजारमा तरलता अभाव कायमै

१९ मंसिर, २०७८

बजारमा तरलताको अभाव देखिएपछि समस्यालाई पूर्ति गर्न राष्ट्र्र बैंकले टे्रजरी विल तथा रिपो मार्फत रकम पठाइरहेको छ

बजारमा तरलता अभाव कायमै

बजारमा तरलता अभावसँगै बैंक तथा वितीय संस्थाको ब्याजदरमा उतार चढाव भइरहने देखिएको छ । वास्तवमा यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको छ । यसकै कारण सेयर बजार अस्थिर देखिएको हो ।
बजारमा तरलताको अभाव देखिएपछि समस्यालाई पूर्ति गर्न राष्ट्र्र बैंकले टे्रजरी विल तथा रिपो मार्फत रकम पठाइरहेको छ । दुईमहिनाको अबधिमा राष्ट्र बैंकले करिब १ खर्ब बराबरको रीपो जारी गरीसकेको छ । बजारमा बैंकिङ तरलता क म गर्न नेपाल राष्ट्र बैंकले हालै अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको  थियो । 
राष्ट्र बैंकले ९१ दिन र १८२ दिनका लागी गरी ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको हो । जस अनुसार ९१ दिनको लागी १० करोडको ट्रजरी बील र १८२ दिनको लागी ६ अर्ब रुपैयाँको ट्रजरी बिल जारी गरियो । 
यसले बजारमा अभाव भैरहेको तरलतालाई सहजीकरण गर्न सक्ने देखिन्छ ।