१७ बैशाख, २०८१ सोमबार

01:17:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काष्ठमण्डपको निर्माण सम्पन्न

१९ मंसिर, २०७८

अहिले ऐतिहासिक संरचनामा निमाणर् भएको नयाँ काष्ठमण्डप हेर्न काठमाण्डौबासी लगायत पर्यटकहरुको समेत घुुइँचो लागेको छ ।

काष्ठमण्डपको निर्माण सम्पन्न

भूकम्पले क्षतिग्रस्त काठमाडौँको हनुमानढोका दरवार क्षेत्रको काष्ठमण्डप पूर्ननिर्माण सम्पन्न भएको छ । ११ करोड ४२ लाख ६८ हजार ९ सय ३६ रुपैयाँ ५३ पैसा खर्चबाट भएको हो । 
२०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निणर्यबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पूर्ननिर्माण समितिको गठन भएको थियो । 
 

निर्माणको काम अगाडि बढाउन  ०७५ जेठ २९ गते ५० लाख रुपैयाँ, त्यसपछि ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ प्रदान गरेको थियो । यसमा काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको थियो । 

बैङ्क ब्याजसहति उपभोक्ता समतिलिाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको हो  
निर्माण समतिकिाअनुसार ०७८ कार्तिक मसान्तसम्ममा पूर्ननिर्माण लागि ल्याइएका ७६ हजार ११ वटा ठूलो माः अप्पा (काठको नाम) मध्ये ७५ हजार ७६१ वटा प्रयोग भइसकेका छन ।
यसैगरी ८६ हजार ८ सय वटा माः अप्पा (सानो) मध्ये ८३ हजार ८ सय र २२४ वटा फःअप्पामध्ये १७९ अप्पाको प्रयोग भइसकेको समितिले बताएको छ ।  
१७ हजार २६० तेलयिा इटामध्ये १४ हजार २६० इट्टाको प्रयोग भइसकेको छ । यसैगरी ९१ हजार २५० वटा झिंगिटीमध्ये ७४ हजार ४५० झिंगिटीको प्रयोग भइसकेको छ । २० वटा कुँपामध्ये १२ वटा प्रयोगमा आइसकेका छन ।  
त्यस्तै, ९ हजार २२४.१३ क्युवकि फिट काठ प्राप्त भएको छ । जसमध्ये ८ हजार ३४४.६५ क्युवकि  फिट काठ प्रयोग भइसकेको छ । पुरानामध्ये ४९३.८ क्युवकि फिट काठ प्रयोगमा ल्याइएको छ । 
 अहिले ऐतिहाँसिक संरचनामा निमाणर् भएको नयाँ काष्ठमण्डप हेर्न काठमाण्डौबासी लगायत पर्यटकहरुको समेत घुुइँचो लागेको छ ।