११ बैशाख, २०८१ मंगलबार

01:06:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वदेशमै विद्युत् खपत गर्ने सरकारको नीति

Nepal Business

९ जेठ, २०७९

राजधानीमा सोमबार आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उहाँले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवद्र्धन गरिने बताउनुभयो ।

स्वदेशमै विद्युत् खपत गर्ने सरकारको नीति

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइने बताउनुभएको छ ।

राजधानीमा सोमबार आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उहाँले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवद्र्धन गरिने बताउनुभयो । 

राजधानीमा सोमबार आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उहाँले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवद्र्धन गरिने बताउनुभयो । 

पेट्रोलियम पदार्थको बढ्दो आयातका कारण मुलुकको व्यापार घाटा चुलिँदै गएको, विदेशी विनिमय सञ्चितीमा असर परेको भन्दै उहाँले विद्युत्बाट पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न सकिने बताउनुभयो । 

चालु आवमा मात्रै रु दुई खर्ब २० अर्बको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क दिँदै उहाँले विद्युत् खपत बढाएर आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो । 

उहाँले स्वेदशमा खपत नभएको विद्युत् क्षेत्रीय बजारमा बिक्री गरेर विदेशी मद्रा भित्रयाउने सकिने उल्लेख बताउनुभयो । “चालु आर्थिक वर्षमा ३९ मेगावाट विद्युत निर्यातको शुरुआत गरिसकिएको छ ।

 यस आवमा हामी करिब रु २ अर्ब बराबरको विद्युत निर्यात गर्न सक्ने अवस्थामा छौँ”, मन्त्री भुसालले भन्नुभयो, “अर्को आर्थिक वर्षमा करिव ५०० मेगावाट विद्युत निर्यात हुनेछ, जसबाट करिब १२ देखि १५ अर्ब रुपैँया भित्रने छ, आगामी ५ वर्षपछि वार्षिक करिव रु ५० अर्बभन्दा बढीको विद्युत निर्यात गर्ने अवस्थामा पुग्नेछौँ ।”