१७ बैशाख, २०८१ सोमबार

08:46:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निक्षेपमा ब्याजदर बढ्यो, बढ्ला त तरलता ?

२८ माघ, २०७८

निक्षेपमा ब्याजदर बढ्यो, बढ्ला त तरलता ?

काठमाण्डौं
लामो सयमदेखि बैंक तथा वित्तीय संस्थाहरु तरलता अभाव खेपिरहेका छन् । यसै तरलता अभावलाई न्यूनिकरण गर्नको लागि नेपाल ब्यांकर्स संघले निक्षेपमा ब्याजदर बढाउने निर्णय गरेको छ । फागुन १ गतेबाट लागु हुनेगरी शुक्रबार बसेको संघको बैठकले ब्याजदर बढाउने निर्णय गरेको हो । 

निर्णय अनुसार व्यक्तिगततर्फ मुद्दतीमा १०.०५ प्रतिशत रहेको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्‍याइएको छ। संस्थागत निक्षेपकर्ताले १०.३ प्रतिशत प्रतिशत पाउनेछन्। अब निक्षेपकर्ताले बचत खातामा कम्तीमा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत ब्याजदर पाउनेछन्। रेमिटेन्स खाताको ब्याजदर १२ प्रतिशतसम्म हुनेछ।

निक्षेपको ब्याजदर बढेपछि आधार दर बढ्ने कारण स्वतः कर्जाको समेत ब्याजदर बढ्नेछ। अब ब्यांकको कर्जाको ब्याजदर झन् चर्को हुनेछ।

केही समय पहिले  राष्ट्र बैंकले ब्याजदरलाई दोहोरो अंकमा पुग्न नदिन राष्ट्र बैंकले हस्तक्षेप गर्ने गर्दथ्यो । अर्थविज्ञहरुले ऋण असाध्यै बढेको तथा आयात थेग्नै नसक्ने गरी चुलिएर अर्थतन्त्र नै समस्यामा पर्न थालेपछि ब्याजदरमा हस्तक्षेप गर्न नहुने बताउँदै आएका थिए। यस निर्णयले बैंकमा तरलताको संकट न्यून हुँदै जानेकुरामा विज्ञहरुको मतएक्येता देखिदैन । 

संघले आफ्ना सदस्यलाई फागुन महीनाको ब्याजदर निर्धारण गर्दा शुक्रबार गरिएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। 

निक्षेपको ब्याजदर बढेपछि आधार दर बढ्ने कारण स्वतः कर्जाको समेत ब्याजदर बढ्नेछ। अब ब्यांकको कर्जाको ब्याजदर झन् चर्को हुनेछ। ब्यांकहरूले अधिक कर्जा प्रवाह गरेका कारण वित्तीय प्रणालीले लगानीयोग्य रकमको अभाव खेपिरहेको छ।