५ जेठ, २०८१ शनिबार

11:11:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लघु,घरेलु तथा साना उद्योग ७० प्रतिशत बढ्यो

Nepal Business

१९ मंसिर, २०७८

लघु,घरेलु तथा साना उद्योग ७० प्रतिशत बढ्यो

कोरोनाको दोस्रो संक्रमण लहरमा कमि भएसँगै लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक रुपमा बृद्धि भएको देखिएको छ । यस किसिमका उद्योग दर्ता गर्ने संख्या पनि ७० प्रतिशत बढेको उद्योग विभागको तथ्यांकले बताइरहेको छ । 
आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानीका ४८ हजार ८ सय  ५४ वटा यस्ता उद्योग  दर्ता भएका छन । यो संख्या आर्थिक वर्ष ०७७/७८ मा बढेको हो । यस अनुसार एक खर्ब ८५ अर्ब २० बरोड ५५ लाख ४ हजार रुपैयाँ लगानीका ८३ हजार ३ सय ८६ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।  
हाल अर्थतन्त्रलयमा  आउँदै गरेकाले  साना उद्योग दर्ता गर्नेहरु बढेको विभागका सूचना अधिकारीले जानकारी दिए । लकडाउनले धेरै उद्योग बन्द रहे । यसले अर्थतन्त्रमा पनि  असर पर्‍यो । यसबीचमा सरकारले उद्योगहरुका लागि राहतका प्याकेज ल्यायो जसले गर्दा साना उद्योगमा लगानी बढन गयो । 
सरकाले लिएका कार्यक्रम उद्योगमैत्री भएकाले उद्योग दर्ता गर्ने क्रम बढेको विभागका सूचना अधिकारीले बताए । प्रदेश सरकारहरुले पनि उद्योलाई छुट सुविधा दिएकाले साना उद्योगमा लगानीको आकर्षण बढेको हो ।