२५ बैशाख, २०८१ मंगलबार

01:31:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्राहकले विद्युतीय माध्यमबाट कर्जा पाउनेः राष्ट्र बैंक

२८ माघ, २०७८

ग्राहकले विद्युतीय माध्यमबाट कर्जा पाउनेः राष्ट्र बैंक

काठमाण्डौं
बैंक तथा वित्तीय संस्थामा तलबी खाता रहेका पेसा वा व्यवसायिक रुपमा आय जम्मा हुने खातावाला ग्राहकले विद्यूतीय माध्यमबाट अधिकतम ५ लाखसम्म कर्जा पाउने भएका छन् । 
 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकका लागि यो सुविधा दिएको हो। 
विद्युतीय माध्यमबाट प्रवाह गरिने कर्जासम्बन्धी मार्गदर्शन शुक्रबार जारी गर्दै बैंक तथा वित्तीय क्षेत्र बाहेकका ग्राहकहरुको हकमा भने अधिकतम २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

विद्युतीय कर्जाको अधिकतम अवधि ३ वर्षको हुने बैंकले जनाएको छ ।  राष्ट्र बैंकले यसरी दिइने कर्जा फिर्ता गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने बताएको छ। 
राष्ट्र बैंकले ग्राहकहरुसँग कर्जा सेवा शुल्क वा तेस्रो पक्षलाई बुझाउनुपर्ने शुल्कबाहेक अन्य शुल्क लिन नपाउने व्यवस्थासमेत मार्गदर्शनमा उल्लेख गरेको छ ।