२४ बैशाख, २०८१ सोमबार

05:14:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुकुमको भुमेमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

२८ माघ, २०७८

रुकुमको भुमेमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं
सिटिजन्स बैंकले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिका, महतमा आफ्नो शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले देशका दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याएको हो ।

बैंकले माघ २३ गते पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिका, महतमा ९२ औँ शाखासहित बैंकिङ्ग सेवा संचालन गरेको हो । बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।