४ जेठ, २०८१ शुक्रबार

07:35:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिवम् सिमेन्टको नाफा २७ दशकलव ५३ प्रतिशतले घट्यो

२८ माघ, २०७८

शिवम् सिमेन्टको नाफा २७ दशकलव ५३ प्रतिशतले घट्यो

काठमाडौं
शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक बर्षको दास्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शिवम् सिमेन्टले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको छ।
नेप्समा सूचीकृत पहिलो सिमेन्ट कम्पनीले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार  कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यही अवधिको तुलनामा २७ दशकलव ५३ प्रतिशतले घटेको हो । गत वर्षको यही अवधिमा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८ दशमलव १५ प्रतिशतले बढेर ४ अर्ब ६० करोड पुगेको छ । साथै सिमेन्टका लागि चाहिने कच्चा पदार्थको खर्च १९ दशमलव ३० प्रतिशतले बढेर २ अर्ब ६ करोड नाघेको छ।  यस अवधिसम्ममा कम्पनीको कुल खर्च भने १४ दशमलव ५४ प्रतिशतले बढरे ४ अर्ब ११ करोड पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ५५ करोड ८० लाख रूपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४२ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा रहेको छ ।