४ जेठ, २०८१ शुक्रबार

08:42:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भ्यालेन्टाइन डेका अवसरमा जगदम्बाले ल्यायो कनेक्ट टु लभ योजना

Nepal Business

२८ माघ, २०७८

भ्यालेन्टाइन डेका अवसरमा जगदम्बाले ल्यायो कनेक्ट टु लभ योजना

काठमाण्डौं

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ । यो योजना फाल्गुन ६ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको हो । यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर ० प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भएको कम्पनीले जनाएको छ ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज मार्फत हुनेछ ।