१७ बैशाख, २०८१ सोमबार

07:07:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्यटन प्रोत्साहन गर्न श्रीलङ्कालाई सुरक्षित बैबाहिक गन्तव्यका रुपमा प्रवद्र्धन गरिने

२७ माघ, २०७८

विदेशी नागरिकका लागि श्रीलङ्कामा विवाह गरेको अनुभव सहज होस् भनेर कार्यक्रम व्यवस्थापन कम्पनी, विवाहका योजनाकार, फोटोग्राफर, फेसन डिजाइनर र अन्यलाई एक मञ्चअन्तर्गत सूचीकृत गर्ने प्रयास गरिने र यसका लागि छुट्टै ‘म्यारिज पोर्टल’ को स्थापना गरिने

पर्यटन प्रोत्साहन गर्न श्रीलङ्कालाई सुरक्षित बैबाहिक गन्तव्यका रुपमा प्रवद्र्धन गरिने

२७ माघ । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले कोभिड–१९ महामारीबीच श्रीलङ्कालाई सुरक्षित विवाह गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाइएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।

यस कदमले राष्ट्रको सबैभन्दा प्रभावित मानिएको पर्यटन उद्योगलाई उत्थान गर्न मात्र नभई महामारीबाट प्रभावित घटना व्यवस्थापन, फेसन डिजाइन र अन्य सहयोगी क्षेत्रहरूलाई पनि सुदृढ पार्ने बताइएको छ

यस कदमले राष्ट्रको सबैभन्दा प्रभावित मानिएको पर्यटन उद्योगलाई उत्थान गर्न मात्र नभई महामारीबाट प्रभावित घटना व्यवस्थापन, फेसन डिजाइन र अन्य सहयोगी क्षेत्रहरूलाई पनि सुदृढ पार्ने बताइएको छ ।

प्राधिकरणका अध्यक्ष किमार्ली फर्नान्डोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले यस प्रयासलाई सहयोग पु¥्याउन छिट्टै काम थालिने जनाएका उल्लेख गरेका छन् । 

विदेशी नागरिकका लागि श्रीलङ्कामा विवाह गरेको अनुभव सहज होस् भनेर कार्यक्रम व्यवस्थापन कम्पनी, विवाहका योजनाकार, फोटोग्राफर, फेसन डिजाइनर र अन्यलाई एक मञ्चअन्तर्गत सूचीकृत गर्ने प्रयास गरिने र यसका लागि छुट्टै ‘म्यारिज पोर्टल’ को स्थापना गरिने फर्नान्डोले बताउनुभयो ।

श्रीलङ्काको पर्यटन प्रधिकरणले पनि भारत, माल्दिभ्स र पाकिस्तान जस्ता क्षेत्रका देशसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउँदै राष्ट्रलाई विवाहको गन्तव्यका रूपमा प्रोत्साहन गर्ने बताइएको छ ।

‘विवाह गन्तव्य बजार’ले सन् २०३१ सम्ममा २९० अरब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको स्थानीय बजार विश्लेषकहरूले जनाएका छन् । रासस