२४ बैशाख, २०८१ सोमबार

07:23:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लक्ष्मी बैंकको १४१ औँ शाखा काठमाडौंको डिल्लीबजारमा

२७ माघ, २०७८

लक्ष्मी बैंकको १४१ औँ शाखा काठमाडौंको डिल्लीबजारमा

काठमाडौं
लक्ष्मी बैंकको काठमाडौंको डिल्लीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो १४१औँ शाखा काठमाडौं महानगरपालिका वडा न. २९ को डिल्लीबजारमा संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको यो शाखा मार्फत बैंकका ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ। यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।