२४ बैशाख, २०८१ सोमबार

11:55:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समय थप

२७ माघ, २०७८

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समय थप

काठमाडौं
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । बैंकले गत माघ ७ गतेबाट आफ्ना सेयरधनीहरुका लागि १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः.१.५ अनुपातमा हकप्रद जारी गरेको हो।

उक्त हकप्रद शेयरका लागि अब लगानीकर्ताले फागुन १३ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। यसअघि आवेदनको समय माघ २७ गते बैंकिङ समयसम्म तोकिएको थियो । बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते बुकक्लोज गरेको थियो। त्यसैले पुस २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरोशेयरबाट पनि आवेदन दिन सकिनेछ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।