४ जेठ, २०८१ शुक्रबार

11:49:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुबी शाह वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित

Nepal Business

२७ माघ, २०७८

रुबी शाह वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित

काठमाण्डौं

बाराकी रुबी शाह जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित हुनुभएको छ । शाहलाई १० हजार (डलर) बराबरको जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको हो । 

उहाँलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र २ बाट मनोनयन गरिएको थियो । पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो जहाँ शाहाले थप दुई हजार डलर पनि प्राप्त गर्नुभयो । 

शाहसँगै अरु ३२ जनाले दुई डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए। यसका साथै उहाँले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८ हजार डलर पनि प्राप्त गरेकी छिन्। शाह शैक्षिक वर्ष २०२१– २०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरु मध्य एक हनुहुन्छ । शाह वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत हनुहुन्छ । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामा व्यवसाय इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहनु भएको छ । 

शाह उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुनुहुन्छ । त्यहाँ उहाँले कम्पनीको कर्मचारीहरुलाई मार्गदर्शन गर्ने र उद्यमीहरूका लागि आवश्यक सामग्रीहरु बनाउने देखि लिएर कार्यक्रम संयोजन गर्ने विषयमा रणनीतिहरू बनाउनुभयो । हाल शाह कीर्तिपुरको रोटरयाक्ट क्लबको चार्टर प्रेजिडेन्टको रूपमा नेतृत्व गरिरहनु भएको छ । जहाँ उहाँ ४० भन्दा बढि स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धि कार्यक्रमहरू संयोजन गरिरहनु भएको छ ।

महिलाहरुलाइ आर्थिक रुपले सशक्त गर्ने दृढ उद्धेश्य र प्रतिवद्धताका साथ रुबीले धेरै फेलोशिप र प्रशिक्षण सेमिनारहरूमा भाग लिनुभएको थियो । उहाँले सन् २०१९मा मलेसियामा भएको अन्तर्राष्ट्रिय युवा संलग्नता सम्मेलनमा एसडिजि प्रस्तोताको रूपमा नेपालको प्रतिनिधित्व गर्नुभयो । जहाँ उहाँले ‘नेपालमा महिलाहरूलाई सशक्तिकरण गर्न युवा क्लबहरुको भूमिका’ भन्ने विषयमा प्रेजेन्टेसन दिनुभएको थियो । त्यहाँ शाहले लैंगिक समता र समान पेशागत र आर्थिक वृद्धि हासिल गर्न युवा केन्द्रहरूको भूमिकाको विषयमा वकालत गर्नुभयो । 

जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भन्नुभयो, ‘हामीलाई थाहा छ कि उनी व्यवसाय अध्ययन गर्न र महिलाहरूलाई सशक्तिकरणको क्षेत्रमा नेतृत्व लिन चाहने धेरै किशोरीहरुको लागि उत्कृष्ट रोल मोडेल हुनेछिन्। उनलाई उच्च शिक्षा अध्ययनको लागि शुभकामना र छात्रवृत्तिको लागि बधाई छ ।’

जोन्टाले प्रत्येक वर्ष क्षमतावान महिलाहरूलाई व्यवसाय र व्यवस्थापनलाई पेशा बनाउन र नेतृत्वदायी भूमिकाहरू लिन प्रोत्साहन गर्ने उद्धेश्यले जेएमके छात्रवृत्ति प्रदान गर्दै आएको छ ।