२ जेठ, २०८१ बुधबार

07:31:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी वैशाख ९ गतेबाट एसईई परीक्षा

२६ माघ, २०७८

आगामी वैशाख ९ गतेबाट एसईई परीक्षा

काठमाण्डौं
माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भयो।

उहाँले भन्नुभयो हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाई भएको हो । निर्वाचनको मिति तोकिसकिएकोले निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरेका हौं ।

बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।