२४ बैशाख, २०८१ सोमबार

07:09:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रि गर्दै कुमारी बैंक

२६ माघ, २०७८

१० लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रि गर्दै कुमारी बैंक

काठमाडौं
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक सेयरधनी मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीले आफ्नो नाममा रहेको १० लाख ७७ हजार २ सय ३९ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि निवेदन दिएकाले बैंकले उक्त सेयरहरु बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै सेयर बिक्री गर्न प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको सेयर रजिष्टार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं १ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगाल २ मा आईपुगने गरी आवेदन दिन आग्रह गरेको छ ।

तोकिएको समय अवधिभित्र संस्थापकहरुबाट सो सेयर खरीदका लागि कुनैपनि आवेदन नपरेमा उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंले जनाएको छ ।