४ जेठ, २०८१ शुक्रबार

08:17:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल टेलिकमको नयाँ टावर गल्याङको लबरकोटमा सञ्चालन

२६ माघ, २०७८

नेपाल टेलिकमको नयाँ टावर गल्याङको लबरकोटमा सञ्चालन

काठमाडौं
नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ बीटीएस टावर सञ्चालनमा ल्याएको छ। गल्याङ नगरपालिकाको लबरकोटमा नेपाल टेलिकमको सो सेवा गत मंगलबारदेखि सुरु गरिएको छ । फोरजी तथा टुजी दुवै सेवासहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौँ उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकमले जनाएको छ ।

गल्याङ नगरपालिका वडा नं. ११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिकलगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोटलगायतका आसपासका क्षेत्रका उपभोक्ताहरु पनि पूर्ण रुपमा लाभान्वित हुने छन् ।