२४ बैशाख, २०८१ सोमबार

07:19:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ सारथी लघुवित्तको नाफा ९ दशमलव ५४ प्रतिशतले घट्यो

२६ माघ, २०७८

नयाँ सारथी लघुवित्तको नाफा ९ दशमलव ५४ प्रतिशतले घट्यो

काठमाडौं
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा ४ करोड ६३ लाख १२ हजार रुपैयाँ रहेको छ ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९दशमलव ५४ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा कम्पनीले ५ करोड ११ लाख ९८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७ करोड ७५ लाख ६९ हजार रूपैयाँ सञ्चालन नाफा गरेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी १४दशमलव २९ प्रतिशतले बढेर १३ करोड २८ लाख ५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा कम्पनीले ११ करोड ६१ लाख ९८ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको । कम्पनीको  जगेडा कोषमा २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.२२ गुणा रहेको छ ।