२५ बैशाख, २०८१ मंगलबार

04:47:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२१ दशमलव ६३ प्रतिशतले बढ्यो किसान लघुवित्तको नाफा

२६ माघ, २०७८

२१ दशमलव ६३ प्रतिशतले बढ्यो किसान लघुवित्तको नाफा

काठमाडौं
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा २१ दशमलव ६३ प्रतिशतले बढेर ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ७२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ दशमलव ७६ प्रतिशतले बढेर १७ करोड ५१ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १७ करोड २० लाख ९९ हजार रुपैयाँ खुद ब्याज आर्जन गरेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ८३ दशमलव २२ प्रतिशतले बढेर ६ करोड ५४ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३ करोड ५७ लाख ११ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३७ करोड १३ लाख १४ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ ।