७ मंसिर, २०८१ शुक्रबार
02:47:44 AM
२५ माघ, २०७८
२५ माघ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताउनुभएको छ ।
शिक्षा प्रणाली सुधार्न मन्त्रालय, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासङ्घको त्रिकोणात्मक भूमिका अपरिहार्य रहेको उहाँको भनाइ थियो
शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसका अवसरमा मंगलबार सानोठिमीमा आयोजना भएको कार्यक्रममा उहाँले शिक्षाको गुणस्तर सुधार्न सरोकारवाला र अगुवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको शिक्षा प्रणाली सुधार्न मन्त्रालय, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासङ्घको त्रिकोणात्मक भूमिका अपरिहार्य रहेको उहाँको भनाइ थियो । नेपालमा सार्वजनिक शिक्षा कमजोर छ भन्ने आम क्षेत्रमा धारणा रहेको उल्लेख गर्दै मन्त्री पौडेलले शिक्षाको गुणस्तर सुधारेर त्यसको जवाफ दिने बेला आएको बताउनुभयो ।
सरोकारवालासँगको वार्ता र संवादबाट शिक्षा क्षेत्रलाई गतिशील बनाउन सकिने भन्दै उहाँले मन्त्री पौडेलले सबैमा सार्वजनिक शिक्षा सुधार्ने सङ्कल्पका साथ एकीकृत सक्रियता अगाडि बढाउनुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षक सेवा आयोगले लोकसेवा आयोगले जस्तै विश्वास आर्जन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा मन्त्रालयका सचिवद्वय यादवप्रसाद कोइराला र सुरेश आचार्यले सङ्घीय शिक्षा ऐन निर्माणको आवश्यकता औँल्याउनुभयो ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले विधिमा आधारित रहेर आयोगले वार्षिक कार्ययोजना बनाएर काम गरिरहेको भनाइ राख्नुभयो । आयोगका सदस्य नन्दकुमारी महर्जन र नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आयोगले निष्पक्ष ढङ्गले उत्कृष्ट शिक्षक छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।