१ जेठ, २०८१ मंगलबार

03:15:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जीवन विकास लघुवित्तको नाफा ९ दशमलव ०९ प्रतिशतले बढ्यो

२५ माघ, २०७८

जीवन विकास लघुवित्तको नाफा ९ दशमलव ०९ प्रतिशतले बढ्यो

काठमाडौं
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४० करोड १६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ०९ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा कम्पनिले ३६ करोड ८१ लाख ७२ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनिको सञ्चालन मुनाफा पनि ४४३ दशमलव २२ प्रतिशतले बढेर ४१ करोड ५३ लाख ७९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ७ करोड ६४ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी पनि १०९ दशमलव ३९ प्रतिशतले बढेर ८० करोड ३० लाख १४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३८ करोड ३४ लाख ९३ हजार रूपैयाँ रहेको थियो ।

 त्यस्तै, कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख  रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा छ भने प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।