१ जेठ, २०८१ मंगलबार

02:40:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्री, सर्बसाधारणले पनि खरिद गर्न पाउने

Nepal Business

२५ माघ, २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्री, सर्बसाधारणले पनि खरिद गर्न पाउने

काठमाण्डौं
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले १० हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।