४ जेठ, २०८१ शुक्रबार

11:49:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओटीआर टायर नेपाली बजारमा

Nepal Business

२५ माघ, २०७८

ओटीआर टायर नेपाली बजारमा

काठमाण्डौं

नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का ओटीआर टायर भित्रिएका छन्। अफ द रोड अर्थात ओटीआर टायर नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गर्नुभएको हो । उँहाले ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक रहेको बताउनुभयो ।

उँहाले भन्नुभयो, ‘गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ। एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ।’

डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले भन्नुभयो, ‘‘हामीले नेपाली ग्राहकको चाहनाअनुरुपका विश्वस्तरीय टायरहरु उपलब्ध गराउँदै आएका छौं। यसैको निरन्तरताको रुपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौं।’ उँहाले यो ब्रान्ड नेपाली बजारमा रुचाइने अपेक्षासमेत गर्नुभएको छ ।

यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारीसाधनमा प्रयोग गर्न सकिन्छ। 

भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ। भारतको गुजरातस्थित पनौलीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन्।