१ जेठ, २०८१ मंगलबार

04:33:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खल्तीले ल्यायो एक रूपैयाँमा फ्लाइट टिकट र आइफोन १३ जित्ने मौका

२५ माघ, २०७८

खल्तीले ल्यायो एक रूपैयाँमा फ्लाइट टिकट र आइफोन १३ जित्ने मौका

काठमाडौं

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट‘ ले नयाँ अफर सार्वजनिक गरेको छ । खल्तीले १ रुपैयाँको फ्लाइट टिकट खरिद गर्ने एक जना भाग्यशाली बिजेतालाई आइफोन १३ को उपहार दिने भएको हो । साथै खल्तीबाट हरेक दिन एक जनाले १ रुपैयाँमा टिकट र ५ जनाले साप्ताहिक एक लाख खल्ती प्वाइन्ट्स प्राप्त गर्न सक्नेछन् । खल्ती फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म बनाउँदै सेवा खरिद गर्नेले १२ सय रुपैयाँसम्म क्यासव्याक प्राप्त गर्न सक्ने छन् । साथै विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मुल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ ।

‘ यो अफर २३ माघदेखि फागुन ३० सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी (KYC)  भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।