२ जेठ, २०८१ बुधबार

01:07:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि फाइनान्सले हकप्रद शेयर जारी गर्ने, क–कसले दिन पाउछन् आवेदन ?

२५ माघ, २०७८

समृद्धि फाइनान्सले हकप्रद शेयर जारी गर्ने, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं
समृद्धि फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। फाइनान्सले फागुन ८ गतेदेखि २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो। त्यसैले,पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रदमा फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । उक्त हकप्रद सेयर खरदिका लागि बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका तथा मेरोशेयरबाट पनि आवेदन दिन सकिनेछ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।