४ जेठ, २०८१ शुक्रबार

10:57:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बोर्डको अध्यक्षमा उत्कृष्ट पाँचको नाम सिफारिस

Nepal Business

२५ माघ, २०७८

धितोपत्र बोर्डको अध्यक्षमा उत्कृष्ट पाँचको नाम सिफारिस

काठमाडौं । 
नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा पाँच जनाको नाम छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले १५ जनाको आवेदन परेकोमा पाँच जनाको छनोट गरेको हो । छनोट भएका पाँच जनाबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने छ ।

तीमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । उत्कृष्ट पाँच जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहनुभएको छ । उहाँहरुसहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाईं, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले पनि आवेदन दिनुभएको थियो ।