१ जेठ, २०८१ मंगलबार

10:03:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी बैंकको कायम मुकायम सिईओमा रामचन्द्र खनाल नियुक्त

Nepal Business

२४ माघ, २०७८

कुमारी बैंकको कायम मुकायम सिईओमा रामचन्द्र खनाल नियुक्त

काठमाण्डौं
कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त हुनु भएको छ।

सोमबार बिहान बसेको संचालक समितिको बैठकको निर्णय अनुसार अर्को निर्णय नभएसम्मका लागि मिति २०७८।१०।२५ गतेदेखि लागु हुनेगरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको बैंकले जानकारी दिएको छ ।