३१ भदौ, २०८२ मंगलबार

01:05:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वाबलम्बन लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो

Nepal Business

२४ माघ, २०७८

स्वाबलम्बन लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो

काठमाण्डौं
स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले चालुु आर्थिक वर्षको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको सोही अवधिमा २७ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ४५ लाख नाफा कमाएकोमा चालुु आर्थिक वर्षको सोही अवधिमा वृद्धि भएर २३ करोड ५१ लाख पुगेको हो । चाल आर्थिक वर्षको  दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको र ७ करोड ९३ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्ेको हो । कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रहेको छ भने जगेडामा १ अर्ब ८० करोड सञ्चित गरेको हो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ४३ करोड सापटी लिएर, ११ अर्ब २६ करोड निक्षेप संकलन गरी १८ अर्ब ९६ करोड कर्जा लगानी गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी ३१.९०, मूल्य आम्दानी अनुपात ३३.४१ प्रतिशत,तरलता अनुपात ३.७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ २६०.४४ रहेको छ ।