४ जेठ, २०८१ शुक्रबार

10:54:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बालाजुमा डिसहोमको सह–वितरण शोरुम सञ्चालनमा

२४ माघ, २०७८

बालाजुमा डिसहोमको सह–वितरण शोरुम सञ्चालनमा

काठमाण्डौं

डिशहोम फाइवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा सह–वितरण शोरुम सञ्चालनमा ल्याएको छ । सो शोरुमको सञ्चालन  बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्ने  कम्पनीले जानकारी दिएको छ । 

शोरुमको उद्घाट डिशहोमतर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा र एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकार र रविन थापाले सयुक्त रुपमा गर्नुभएको हो। 

कम्पनीका अनुसार लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गर्दे डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराउने छ ।

एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको उक्त ट्रेडर्सले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि नयाँ शोरुमले सहयोग गर्ने कम्पनीको विश्वास छ।