१ जेठ, २०८१ मंगलबार

01:02:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

२४ माघ, २०७८

९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं
नेपाल राष्ट्र बैंकले २ वर्ष अवधिको “विकास ऋणपत्र २०८० (च)“ नामको ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले ९ अर्ब ५० करोड रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो।


बैंकले बिक्री गर्न लागेको उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने छ । बोलकबोल माघ २५ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ ।  इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धी खरीदकताका लागि १५ प्रतिशत छुट्याइएको छ । यो ऋणपत्र धितो राखी कर्जा लिन÷दिन पाइनेछ । माघ २६ गते उक्त ऋणपत्र निष्कासन हुने छ भने उक्त ऋणपत्रको साँवा २०८० साल माघ २६ गते भुक्तानी हुनेछ ।

बैंकलले बिक्री गर्ने ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।