१ जेठ, २०८१ मंगलबार

03:49:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकहरुको सापटी दायित्व १ खर्ब २८ अर्ब १ करोड ३५ लाख पुग्यो

२४ माघ, २०७८

बैंकहरुको सापटी दायित्व १ खर्ब २८ अर्ब १ करोड ३५ लाख पुग्यो

काठमाण्डौं
नेपालका बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकसँग कुल १ खर्ब २८ अर्ब १ करोड ३५ लाख सापटी दायित्व पुगेको छ । आइतबार सम्मको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरुको दायित्व यति पुगेको देखाएको हो । 
वित्तीय संस्थाहरुले केन्द्रीय बैंकबाट ४० अर्ब २६ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) उठाएका छन् ।  आइतबार मात्र २२ वटा बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशतको ब्याजदरमा ७ दिनको लागि स्थायी तरलता सुविधा (एसएलएफ) उठाएका  हुन । यसै आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट कुल ३५ खर्ब ४७ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ एसएलएफ उठाइसकेका छन् ।

बैक तथा वित्तीय संस्थाहरुलाई अल्पकालीन समयका लागि चाहिने तरलता राष्ट्र बैंकले तोकेको ब्याजदरमा सोही बैंकबाट लिन पाउँछन् । यसले बैक तथा वित्तीय संस्थाहरुलाई अल्पकालीन समयमा आइपर्ने तरलताको समस्या समाधान गर्न सहयोग पु¥याउँदछ । 

बैंक तथा वित्तीयय संस्थाहरुले आइतबार ६९ करोड  रुपैयाँ बराबरको ओभरनाइट रिपो लिएका छन् । ३.५० प्रतिशत ब्याजको ओभरनाइट रिपो जम्मा २ वटा संस्थाहरुले लिएका  हुन । चालु आर्थिक वर्षमा  बैक तथा वित्तीय संस्थाहरुले कुल ९८ अर्ब ३५ करोड रुपैयाँको रिपो लिएका छन् ।