९ मंसिर, २०८१ आइतबार
03:47:36 PM
२४ माघ, २०७८
अन्तर्राष्ट्रिय चेन सलुन हेयर एण्ड शान्ति युनिसेक्स सलुनुले आफ्नो २७ औँ शाखा सञ्चालनमा ल्याएको छ । सलुनले दुई करोडको लागतमा दरबारमार्गस्थित दरबार मलमा आफ्नो २७ औँ शाखा सञ्चालनमा ल्याएको हो ।
सलुनले आफ्ना शाखा विस्तार गर्ने कामलाई निरनतरता दिइरहेको छ । सलुनको नयाँ शाखा १४ सय वर्गफिटमा फैलिएको छ । नयाँ सञ्चालनमा आएको सलुनमा नेल आर्ट, मेनिकेयर, पेडिकेयर, हेयर कलर, हेयर कट, मेकअप, आइलेसिस एक्स्टेन्सन लगायतका सेवा दिनेछ । सलुनका अनुसार ग्राहकहरुका लागि आधुनिक प्रविधिसहितको वास मसाज चियरमा गरिने सेवा पनि छ ।