१ जेठ, २०८१ मंगलबार

11:34:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार उच्च

२३ माघ, २०७८

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार उच्च

काठमाण्डौं
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सन् २०२१ मा ३ अर्ब ५२ करोड २० लाख रुपैयाँ पुगेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन २०२०मा कम्पनीले  ९८ करोड ४० लाख र त्यसअघि २०१९ मा ६९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो।

सन् २०११ देखि सञ्चालनमा आएको हाथवेले सेयर बजार, रियल इस्टेट लगायतका क्षेत्रमा लगानी र कारोबार गर्दै आएको छ। सेयर बजारमा सन् २०२१ मा देखिएको बुलिस ट्रेन्डका कारण हाथवेको कारोबारदेखि अपरेटिङ मार्जिन पनि बढेको जनाएको छ। 

यसैगरी २०२२ को पहिलो त्रैमासमा कम्पनीले ९२ करोड २० लाख रुपैयाँको व्यापार गर्ने बताइएको छ। सन् २०२० मा अपरेटिङ मार्जिन ७.७ प्रतिशत रहेकोमा २०२१ मा बढेर २०.९ प्रतिशत पुगेको इक्रा नेपालले जनाएको छ।

कम्पनीमा आइएमई समूहका हेमराज ढकालको ३०.१ प्रतिशत, एसआर हाइड्रो एन्ड इन्भेष्टमेन्ट प्रालिको २८.१ प्रतिशत र व्यवसायी अम्बिकाप्रसाद पौडेलको ९.६ प्रतिशत र निमिसा इन्भेष्टमेन्ट प्रालिको ५.७ प्रतिशत सेयर स्वामित्व छ। बाँकी २६.५ प्रतिशत सेयर विभिन्न ३२ जनासँग रहेको छ।