१ जेठ, २०८१ मंगलबार

08:09:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विजय लघुवित्तले कमायो ६ करोड ८४ लाखबढी खुद नाफा

२३ माघ, २०७८

विजय लघुवित्तले कमायो ६ करोड ८४ लाखबढी खुद नाफा

काठमाडौं
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ८४ लाखभन्दा बढी खुद नाफा कमाएको छ ।
यो वर्ष कम्पनीले गत वर्षभन्दा ६ दशमलव ११ प्रतिशत कम खुद नाफा कमाएको हो । गत वर्ष यो अवधिसम्म कम्पनीले ७ करोड २९ लाखभन्दा बढी खुद नाफा कमाएको थियो ।

यो वर्ष कम्पनीको सञ्चालन नाफा १२ दशमलव ३८ प्रतिशत बढी भएपनि खराब कर्जा संकलनमा कमि आएकाले खुद नाफामा असर परेको हो । गत वर्ष ८ करोड ५५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यो वर्ष ९ करोड ६१ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्ष  २ करोड ९६ लाखबढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ४७ दशमलव ११ प्रतिशत कम १ करोड ५६ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३२ करोड रहेको छ भने जगेडा कोष रकम १९ करोड २४ लाखबढी छ । कम्पनीले गत वर्षभन्दा ८ दशमलव १५ प्रतिशत बढी ३ अर्ब १० करोड कर्जा सापटी लिएको छ  । भने १२ दशमलव ९६ प्रतिशत बढी ४ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ ।
यसैगरी यो  वर्ष कम्पनीले १५ दशमलव ९४ प्रतिशत बढी १ अर्ब ३ करोड निक्षेप संकलन गरको छ ।

गत वर्ष ३ दशमलव २१ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष ४ दशमलव ६३ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४२ दशमलव ७९ र प्रतिशेयर नेटवर्थ १६० दशमलव १३ रहेको  छ ।