१ जेठ, २०८१ मंगलबार

02:30:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मिथिला लघुवित्तले १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

२३ माघ, २०७८

मिथिला लघुवित्तले १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं
मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक सेयर विक्री गर्न लागेको हो ।

उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले सुचना जारी गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र सहित केन्द्रिय कार्यालय धनुषममा सम्पर्क गर्न सक्नेछन् ।

सो समयमा सेयर खरीद गर्न कुनै पनि आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई खरीद प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।