१ जेठ, २०८१ मंगलबार

09:34:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो 'गज्जब ६ मुद्दती खाता', २० बर्षमा निक्षेप रकम ६ गुणा हुने

२३ माघ, २०७८

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो  'गज्जब ६ मुद्दती खाता', २० बर्षमा निक्षेप रकम ६ गुणा हुने

काठमाडौं
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले “एनआइबिएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ। बैंकले ३६ औं वार्षिकोत्सवको अवसरमा “एनआइबिएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको हो । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति हुने उदेश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ। न्यूनतम १० हजार रुपैयाँमा जुनसुकै उमेर समूहका व्यक्तिलेपनि यो खाता खोल्न सक्नेछन् । यस मुद्दती खातामा राखिएको निक्षेपको रकम २० बर्षमा ६ गुणा हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

सो खाता खोल्दा निःशुल्क क्रेडिट कार्डका साथै साँवा तथा पाकेको ब्याजको ९०५ सम्म कर्जा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले बैंकको सातै प्रदेशमा रहेको ८८ शाखाहरुबाट यो सेवा लिन सक्नेछन् ।