२ जेठ, २०८१ बुधबार

12:31:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर डा. महावीर पुन

Nepal Business

२२ माघ, २०७८

नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर डा. महावीर पुन

काठमाण्डौं
नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा पुनः डा. महावीर पुन नियुक्त हुनु भएको छ । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुनलाई नियुक्त गरिएको थियो । उहाँसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उहाँलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो । 
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. पुनबीच उक्त ब्राण्ड एम्बेस्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा एम्बेस्डरमा नियुक्त हुनु भएका डा. पुनले नेपाल बैंक जस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थाको ब्राण्ड एम्बेस्डरको रुपमा पुन नियुक्त हुन पाएकोमा खुशी व्यक्त गर्नु भयो ।