३ मंसिर, २०८१ सोमबार
05:27:54 AM
२१ माघ, २०७८
नेपाल विजनेश समाचारदाता,
२१ माघ । नेपाल प्रहरी शुक्रबार काठमाडौँको तारकेश्वर नगरपालिकाको घरेलु मदिरा उत्पादन गर्ने भट्टी मै पुगेर ठुलो परिमाणको मदिरा नष्ट गरेको छ । प्रहरीले त्यहाँ सात वटा भट्टी फेला पारी ७ हजार लिटर तयारी घरेलु मदिरा र त्यसमा चाहिने कच्चापदार्थ १५ हजार लिटर नष्ट गरेको हो ।
मनमैजुस्थित एकान्त स्थानमा रहेको भिरालो पाखोमा दुई रोपनी जमिनमा जस्तापाता र बाँसद्वारा टहरा निर्माण गरी अबैधरुपमा घरेलु मदिरा उत्पादन तथा बेचबिखन हुँदै आएको थियो
त्यहाँको मनमैजुस्थित एकान्त स्थानमा रहेको भिरालो पाखोमा दुई रोपनी जमिनमा जस्तापाता र बाँसद्वारा टहरा निर्माण गरी अबैधरुपमा घरेलु मदिरा उत्पादन तथा बेचबिखन हुँदै आएको थियो । उक्त सूचना प्राप्त हुनासाथ प्रहरी वत्त बालाजुबाट खटिएको प्रहरी टोलीले आन्तरिक राजश्व कार्यालय बालाजुका प्रतिनिधि, तारकेश्वर नगरपालिकाका वडासदस्य र स्थानीयको रोहवरमा मदिरा नष्ट गरेको हो ।
मदिरा उत्पादन गर्ने कार्यमा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।