१ जेठ, २०८१ मंगलबार

06:28:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूर्योदय लघुवित्तको नाफा ४४४ दशमलब ९३ प्रतिशतले बढ्यो

२१ माघ, २०७८

सूर्योदय लघुवित्तको नाफा ४४४ दशमलब ९३ प्रतिशतले बढ्यो

काठमाडौं
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।  लघुवित्तले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४४४.९३ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले खुद नाफा १ करोड १८ लाख रुपैयाँ कमाएको थियोे ।

यो अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १७९.७१ प्रतिशतले बढेर १६ करोड १९ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको खुद व्याज आम्दानी ५ करोड ७८ लाख ९२ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ७६६.२० प्रतिशतले बढेर ४ करोड १० लाख ३२ हजार रूपैयाँ पुगेको छ । गत वर्ष यही अवधिम लघुवित्तको मुनाफा ४७ लाख ३७ हजार रुपैयाँमा सीमित थियो । त्यस्तैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ४३.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६५.७९ रुपैयाँ रहेको छ ।