१ जेठ, २०८१ मंगलबार

12:56:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले बैंकहरुसँग माग्यो ७ लाखबढी कारोबार गर्नेको विवरण

२० माघ, २०७८

राष्ट्र बैंकले बैंकहरुसँग माग्यो ७ लाखबढी कारोबार गर्नेको विवरण

काठमाडौं
नेपाल राष्ट्र बैंकले क बर्गका वाणिज्य बैंकहरुसँग ७ लाखभन्दा माथिको कारोबार गर्ने ग्राहकहरुको विवरण मागेको छ । राष्ट्र बैंकले ७ लाख रूपैयाँ भन्दा बढीको नगद कारोबार गर्ने व्यक्तिको खाता नम्बर, खातावालाको नाम, ठेगाना, सिबिएस सम्बन्धी टिप्पणी, रकम झिकिएको मिति लगायतका विवरणहरू उल्लेख गरी माघ २४ गतेसम्ममा बुझाउन वाणिज्य बैंकहरूलाई अनुरोध गरेको हो ।

सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको छ । सो ईकाईले अनुसन्धान गर्नका लागि भन्दै यस्तो विवरण उपलब्ध गराउन क बर्गका वाणिज्य बैंकहरुलाई अनुरोध गरेको हो ।