२ जेठ, २०८१ बुधबार

01:22:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुक्तिनाथ बैंकका ग्राहले पोखरा घुम्दा होटलमा १० प्रतिशत छुट पाउने

२० माघ, २०७८

मुक्तिनाथ बैंकका ग्राहले पोखरा घुम्दा होटलमा १० प्रतिशत छुट पाउने

काठमाण्डौ । 

मुक्तिनाथ विकास बैंकको एटिएम बोक्ने ग्राहकले जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा निकालेपनि कुनै शुल्क तिर्न नपर्ने बैंकले जनाएको छ । आफ्ना ग्राहकलाई विभिन्न सेवाहरु प्रदान गर्दै सहज, छिटो, छरितो र विश्वास योग्य सेवा प्रवाहका लागि आफुहरु प्रतिवद्ध रहेको समेत बैंकले जनाएको छ ।

बैंकले मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यसैगरी बैंकले हस्पिटालिटी क्षेत्रमा समेत ग्राहकहरुलाई सुविधा थप गरेको जनाएको छ । 

विज्ञप्ति जारी गर्दै बैंकका ग्राहकहरुलाई होटेल ड्यानडलियन पोखरामा विशेष छुटको व्यवस्था गरेको समेत जानकारी दिएको छ । मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटेल ड्र्यानडलियनका सेवाहरु जस्तै बसाँई, बेड र ब्रेकफास्ट , रेस्टोरेन्ट जस्ता सेवा सुविधाहरुमा १० % सम्म छुट प्राप्त गर्न सक्के विज्ञप्तिमा उल्लेख छ ।